arrow

फरारहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा आए : माओवादी [भिडियो]

बेचेन झाहरुको जब गिरफ्तारी हुन थाल्यो त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
hitraj-.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भुटानी शरणार्थी प्रकरणमा फरारहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाए । 

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे । उनले दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दावी समेत गरे । 

प्रमुख सचेतक पाण्डेले भने, ‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रस्तुत गर्‍यो । जतिखेर पनि यो सदनमा राख्ने काम गर्‍यो । सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरूको प्रश्नको जवाफ दिने । वा सरकारले गरेको कामहरू हुन । फेरी पनि अहिलेको यो अवस्था किन आयो ? यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ । फेरि पनि मलाई के लाग्छ भने जब भुटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस् । सुन तस्करीको कुरा होस् । खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो । बेचेन झाहरुको जब गिरफ्तारी हुन थाल्यो । त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ