arrow

नयाँ सरकार गठनका लागि राष्ट्रपति परामर्शमा, प्रचण्ड शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
shital-niwas-2081-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया थालिएको छ । यसका लागि विश्वास गुमाएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा गएका छन् । 

उनले प्रतिनिधि सभामा आफूले विश्वासको मत गुमाएकोसहित विवरण राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाएका छन् । विश्वासको मत गुमाएपछि उनी राष्ट्रपति कार्यालयमा गएका हुन् । 

प्रचण्डले अबको सरकार संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने जोड दिएका छन् । ७६ को ३ अनुसार ठूलो दलले दाबी पेश गर्नुपर्छ । 

कांग्रेस र एमालेले भने ७६ (२) अनुसार नै सरकारका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन् । 

संसदीय सचिवालयले प्रचण्डले विश्वासको मत गुमाएको पत्र पाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । 

तर संविधानको कुन उपदफा टेक्ने भन्नेबारेमा राष्ट्रपतिले संविधानविद्हरुसँग छलफल गरिरहेकोसमेत पाइएको छ । कानून व्यवसायीहरु शीतल निवास पुग्ने क्रम भइरहेको छ ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेसँगै आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी प्रस्तुत गर्ने एमालेले जनाएको छ । 

कांग्रेस एमालेको सहकार्यअनुसार पहिले ओली प्रधानमन्त्री हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ