arrow

करेन्ट लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
Kaski-hamrakura.jpg.jpeg

पोखरा । पोखरामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३१ किमबेशीका २५ वर्षीय बिष्णु थापा मगर छन् ।

शुक्रबार साँझ करिब ५ः३० बजे पोखरा-३० खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपीं) वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिशुवा लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको हो । यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ