arrow

सिमलतालबाट त्रिशूलीमा खसेका यात्रुहरुसहित दुई बस अझै बेपत्ता, तीनको शव फेला, दुईको पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
trisuli-81-3-29b.jpg
तस्बिर – चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि शनिबार त्रिशूली नदीमा खटिएका सुरक्षाकर्मी, रासस ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीनमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवा का २८ वर्षीय ऋषि पल साह रहेका छन् । 

साहको शव शनिबार बिहान ११ बजे भेटिएको हो भने माझीको शव शनिबार साँझ साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझीले छोराको शव सनाखत गरेका छन् भने साहका दाजुले सनाखत गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    
उनीहरू काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका थिए । उनीहरुको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । 

आइतबार पनि बिहान ७ बजेदेखि खोजी पुनः शुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार आइतबार गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
 
शुक्रबार काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए । 

काठमाडौँबाट गौर जान आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ