arrow

दूध उत्पादक किसानलाई ४३ लाख अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
cow-milk-farmer.jpg

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु ९० लाख बजेट विनियोजन भएकामा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उन बताउँछन् । 

उनले भने, “सुरुमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर विविध कारण र मापदण्डले गर्दा दुई रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायाँै ।” जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताए । 

उनले भने, “कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।” दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ