arrow

आफ्नो पक्षबाट मन्त्रीमा सिफारिस गर्न शेखर-गगन समूह छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
shekhar-gagan-samuha-81-3-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षका नेताहरुको भेला गरेका छन् । साँझ राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै गर्दा कांग्रेसका तर्फबाट मन्त्री बनाउन उपयुक्त सांसद छान्ने क्रम जारी रहेको छ । 

कांग्रेसले १० मन्त्रालय पाउने आशा गरिएकामा केही घटेको आशंका गरिएको छ । १० हुँदा शेखर-गगन समूहले चार मन्त्रालय पाउने भन्दै सोही अनुसार भेला डाकेको थियो । 

नेता कोइरालाको विशालनगरस्थित सचिवालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए । 

शेखर-गगन समूहको छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ