arrow

प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
shital-niwas-2081-always.jpg

काठमाडौँ । प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने भएको छ । 

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछिमात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त हुने भने पनि त्यसअघि नै सोमबार बिहान ११ बजे शपथ हुने भन्दै सहभागीताका लागि सर्कुलर जारी गरिएको हो । 

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए । त्यस लगत्तै शुक्रबार राति एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनसहित संविधानको धारा ७६ (२) अनुसार दाबी पेश गरेका थिए । 

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेसम्मको समय दिएकाले त्यसपछिमात्रै नियुक्ति र शपथको प्रक्रिया शुरु हुने जनाएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ