arrow

पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
rahat-pokhara.jpg

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई आइतबार राहत रकम प्रदान गरेको छ ।

पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो ।

घटनामा परेका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई प्रशासनबाट रु ३ लाख राहत प्रदान गरिएको हो ।

यसैगरी सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

सो राहत रकम प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरुको स्थायी घर रुपा गाउँपालिका-२ पेलुङ्गा पुगेर प्रदान गरेका हुन् ।

अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराजले राहत रकम बुझेका थिए ।

नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको सहाय प्रजिअ क्षेत्रीले बताए ।

राहत प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेसहित रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा-२ का वडाध्यक्ष राजन सुवेदीलगायत पुगेका थिए ।

चैनपुर पहिरोमा परी घाइते भएकी आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ