arrow

हल्का देखि मध्यम वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
weather-02-18.jpg

काठमाडौँ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस,वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ