काठमाडौं। चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी चीनियाँ राष्ट्रपति सीजिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेको हो।
तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री दाहालले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ। जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य छ।’
भेटका अवसरमा चीनियाँ टोलीले बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएको थियो।