arrow

यस्तो रहनेछ देशभरको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
weather-02-18.jpg

काठमाडौँ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ