arrow

गण्डकीमा प्राइभेट फर्म नवीकरण हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
Gandaki Map.jpg

कास्की । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ ।

गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष वा सो भन्दा बढी अवधि व्यतित भई नवीकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखि नवीकरण गर्न सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रसाद आचार्यले बताए । 

गण्डकीमा गत वर्ष असोज ८ गतेदेखि नवीकरणको म्याद एक वर्ष कटेका फर्महरूको नवीकरण रोकिएको थियो । यसबीचमा उद्योग तथा पर्यटन कार्यालय कास्कीमा सात सयभन्दा बढी फर्मले नवीकरणका लागि निवेदन दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ