arrow

पोखरास्थित हर्पन खोलामा डुबेर धादिङका सिंखडाकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
santosh-simkhada-dhading.jpg

पोखरा । धादिङका एक युवकको पोखरास्थित हर्पन खोलामा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन १ गते दिउँसो करिब २ बजे पोखरा २३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा सिंखडा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउने बित्तिकै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं.२४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिएर खोजी गरिएकोमा मंगलबार दिउँसो ३ः२० बजे उनको शव भेटिएको हो ।

सिंखडा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि काठमाडौँ बस्दै आएका सन्तोष एक सातादेखि पोखरास्थित ससुराली घरमा बस्दै आएका थिए । उनकी श्रीमती श्रीमती सावित्री तामाङ पोखरामा नै जागीर गर्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार सन्तोष र सावित्रीबीच डेढ वर्ष अघिमात्र विवाह भएको थियो ।

आफन्तजनका अनुसार सन्तोषका बुबा लड्डु सिंखडा मलेसियामा छन् । छोराको निधनपछि लड्डु नेपाल फर्कँदै छन् भने आमा लक्ष्मी सिंखडा काठमाडौँबाट पोखरा आउँदै छन् । सन्तोषका एक दाजु सन्दिप र एक बहिनी सरु छन् । बहिनी सरु अध्ययनको सिलसिलामा विदेशमै रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ