arrow

खेलकुद परिषदकै बेरुजु सबैभन्दा बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
sports-ministry-beruju-NSC.jpg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका निकायको गत आर्थिक वर्षमा ३६ लाख ५२ हजार ६१८ रुपैयाँ बेरुजु देखिएकामा राष्ट्रिय खेलकुद परिषद राखेपको मात्र ३२ लाख १६ हजार ४६८ रुपैयाँ देखिएको छ ।

बुधबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा विभिन्न निकायहरुको बारेमा ब्रिफिङ लिएका थिए । त्यस क्रममा मन्त्रालय मातहतका निकायको बेरुजुबारे पनि जानकारी गराइएको थियो ।

जसमा सबैभन्दा आर्थिक अनुशासनमा कमजोर भने संघहरुलाई सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषदको देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयको २ लाख २७ हजार ९४६, युवा परिषदमा ४३ हजार २५ रुपैयाँ, नेपाल स्काउटमा २८ हजार ९५ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा १ लाख ३७ हजार ८४ रुपैयाँ बेरुजु रहेको मन्त्रालयले जनाएको छ ।

यति धेरै रकम बेरुजु राखेसँगै सदस्य सचिव टंकलाल घिसिङको कार्यक्षमतामा प्रश्न खडा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ