arrow

च्याम्पियन्स लिग एएफसी महिलाको ड्र सार्वजनिक, सशस्त्र समूह सी मा  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
afc-womens-champions-league-2024.jpg

काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिग फुटबलको उद्घाटन सिजनको ड्र सार्वजनिक भएको छ ।

उद्घाटन शत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।

नेपालको सशस्त्र प्रहरी बलको क्लब एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।

चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ