arrow

अर्थसहित चार मन्त्रालय पाएसँगै कांग्रेस मधेस सरकारमा 

logo
निरञ्जन साह,
प्रकाशित २०८१ साउन ३ बिहिबार
madhes-mukhyamantri-karyala.jpg

धनुषा । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन लागेको छ । अर्थसहित चार मन्त्रालय पाएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । 

कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेषनारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् । 

मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी हुन चाहेको थिएन । 

बुधबार मात्रै कांग्रेस मधेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।

मन्त्रालय बाँडफाँटमा प्रदेशमा सहमति नजुट्दा केन्द्रमै नेताहरूले अर्थ मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको स्रोतले जनाएको छ ।

कांग्रेस केन्द्रीय समितिबाटै चार जनालाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष पत्र आएको छ । जुन पत्रमा मन्त्रालय पनि तोकिएको छ ।

मुख्यमन्त्रीले आजै साँझ ५ बजे कांग्रेसका मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ