arrow

गण्डकीमा प्रेस रजिस्ट्रारको खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
cheir.jpg

पोखरा । गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन् ।

प्रदेश सचिव सरह मानिने प्रेस रजिस्ट्रारको पदावधि ४ वर्षको हुनेछ । प्रेस रजिस्ट्रारलाई प्रदेशको आमसञ्चार माध्यम व्यवस्थापनसम्बन्धी कामको जिम्मेवारी हुनेछ ।

प्रेस रजिस्ट्रारका लागि स्नातकोत्तर उत्तीर्ण गरेको, पत्रकारितामा कम्तीमा १५ वर्षको अनुभव भएको, ३५ वर्षदेखि ६० वर्ष उमेर भएको हुनुपर्ने प्रावधान छ । यिनै प्रावधानमा टेकेर समितिले अब कार्यविधि बनाएर सूचना प्रकाशित गर्नेछ ।

आवेदन दिएकामध्ये बढीमा ३ जनाको नाम समितिले मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसमध्ये १ जनालाई सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

प्रेस रजिस्ट्रार छनोटका लागि २०८० चैत २१ गते तत्कालीन मन्त्री सरस्वती अर्याल संयोजकत्वमा समिति गठन भएको भए पनि सरकार फेरबदलका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रदेश आमसञ्चार विधेयक २०८० फागुन २१ को प्रदेशसभा बैठकबाट पारित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ