arrow

आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बी प्लस रेटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
ime-life-insurance-ensuring-future.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । 

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेकोसमेत यस रेटिङले थप पुष्टि गर्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बी’ रेटिङ गरेको थियो ।

आव २०८०–०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको  रेटिङ परिमार्जन भएको हो । 

कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

रेटिङ एजेन्सीले आ.व. २०८०–८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको  कम्पनीको नेट वर्थको वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आव २०८०–८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । 

कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँसमेत पुर्याएको छ ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक शेयरधनीहरु, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिँदो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्षदेखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिङ एजेन्सीले परिमार्जित रेटिङ प्रदान गरेको जनाएको हो । 

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेकोे छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ