arrow

माइक्रोसफ्टको सुरक्षा सिस्टम ह्याकिङमा रुसी संलग्नताको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
microsoft-head-office-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माइक्रोसफ्ट कम्पनीको साइबर सुरक्षा प्लेटफर्ममा आएको समस्याका कारण विश्वभरको व्यापारिक सेवाहरु प्रभावित भएका छन् । क्राउडस्ट्राइक नामक उक्त साइबर सुरक्षा प्लेटफर्मको ह्याकिङका कारण विश्वभर यस्तो समस्या देखिएको हो । 

क्राउडस्टाइक एक साइबर सुरक्षा कम्पनी हो जसले माइक्रोसफ्ट र अन्य धेरै प्लेटफर्महरूलाई साइबर आक्रमणबाट जोगाउन काम गर्दछ।  यसमा नै समस्या आउँदा अधिकांश ठूला मुलुकहरुको हवाई उडान, बैंकिङ क्षेत्र, हस्पिटल, सुपरमार्केट लगायतका क्षेत्रहरु ठप्प भएका छन् । 

यो समस्याबाट सबैभन्दा धेरै अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोपियन युनियनका मुलुकहरुमा परेको छ । भारत लगायतका मुलुकमा समेत यसको आंशिक प्रभाव परेको छ । 

अमेरिकाको डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्स लगायतका एयरलाइन्स कम्पनीहरु पूर्ण रुपमा ग्राउण्डेड भएका छन् । अष्ट्रेलियाका समेत सबैजसो विमानस्थल ठप्प भएका छन् । सिस्टम समस्याका कारण अष्ट्रेलियाका सुपरमार्केट समेत पूर्णतया बन्द भएको अन्तराष्ट्रिय सञ्चार माध्यमको रिपोर्ट छ । 

भारतमासमेत उक्त सिस्टममार्फत सेवा सञ्चालन गरिहेका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, भिस्तारा इन्डिगो, स्पाइसजेट अकासा लगायत एयरलाइन्सको सेवा भ्रमावित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो कारण भारतका अन्तराष्ट्रिय उडानहरु ठप्पप्राय छन् । 

कतिपय देशमा साइबर आउटेजको ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार एएनजेड, वेस्टप्याक, भिजा, र ओप्टस जस्ता अस्ट्रेलियाली बैंकिङ र टेलिकम संस्थाहरू पनि प्रभावित भएका छन् ।

आफ्नो एप्लिकेसनमा समस्या आएपछि माइक्रोसफ्टले यसबारे अनुसन्धान सुरु गरेको छ । छिटै नै यो समस्या समाधान गर्ने माइक्रोसफ्टले आशा गरेको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको रिपोर्ट छ । यो ह्याकिङमा रुसी ह्याकरहरुको हात रहेको आशंका गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ