उपसभामुख रानामगरको गैरजिम्मेवारपूर्ण तर्क–डेढ वर्षपछि विवादित बनाउन खोजियो
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
808
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । उपसभामुख ईन्दिरा रानामगरले गैरजिम्मेवारपूर्ण तर्क गरेकी छिन् । केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको उनले खण्डन गर्ने क्रममा गैरजिम्मेवारपूर्ण तर्क गरेकी हुन् ।
प्रेस वक्तव्य जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छिन् ।
उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन् ।
‘उक्त कार्यक्रममा मेरो लागि सहयोगीसमेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ, ‘रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
उनले विज्ञप्तिमा आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम नगरेको र नगर्ने पनि प्रतिवद्धता जनाउदै भनेकी छिन्, ‘‘उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ ।