arrow

गुँदेताल र हर्पन खोलामा डुबेर ३ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
gude-harpan.jpg

पोखरा । पोखराको गुँदेताल र हर्पन खोलामा डुबेर आज एकै दिनमा ३ जनाको ज्यान गएको छ । आज दिउँसो पोखरा-२६ स्थित गुदेतालमा डुबेर बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङ मध्यनेपाल नगरपालिकाको करापुटार घर भई हाल पोखरा-२६ प्रगतिटोल बस्ने ६ वर्षीय सचिन परियार छन् ।

जिल्ला प्रहरी कार्यालय कस्कीका अनुसार आज दिउँसो ३ः१५ बजे तालमा डुबेर परियारको मृत्यु भएको हो ।

बालक आफ्ना बुबा विकास परियारसँगै माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुब्न पुगेका थिए । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा ४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता, पोखरा महानगरपालिका वडा नं. २३ घाँटीछिना स्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा डुबेर २ जना को ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा-१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा-२ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ कै स्वयं ताम्राकार छन् । उनीहरु आज दिउँसो ३ः४५ बजे खोलामा डुबेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउने बित्तिकै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिई उनीहरुको खोजी गर्नेक्रममा ४ः४५ बजे मृत अवस्थामा फेला पारिएको हो । उनीहरुसँगै गएका अन्य ४ जना भने सकुशल छन् ।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

केही दिन अघि पनि हर्पन खोलामै डुबेर धादिङका एक युवकको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ