arrow

सुनसरीको पोलिफर्म फ्याक्ट्रीमा भीषण आगलागी

आगो नियन्त्रणमा लिन उच्च संख्यामा सुरक्षाकर्मी परिचालन

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
aaglagi.jpeg
काठमाडौं । सुनसरीको दुहबीमा रहेको एउटा उद्योगमा भीषाण आगलागी भएको छ । सोनापुर गाविस वडा नं १ मा पर्ने हनुमान पोलिफर्ममा मंगलबार साँझ साढे ६ बजेतिर आगलागी भएको दुहबी प्रहरीले जनाएको छ । 
 
त्यहाँ अहिले उच्च संस्ख्यामा प्रहरी परिचालन गरिएको छ । आगो नियन्त्रणमा लिनको लागि झण्डै ४ सयको संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी हवल्दार इन्द्र श्रेष्ठले जानकारी दिए । 
 
त्यहाँ अहिले ५ वटा दमकल पुगेर आगो निभाउन थालिसकेका छन् भने थप ४ दमकल बोलाईएको श्रेष्ठले बताए । उक्त उद्योग एकान्तमा रहेकोले अन्य घर तथा उद्योगमा आगो सल्किने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
 
आगो आधा भन्दा बढी नियन्त्रणमा दिई सकिएको छ भने क्षतिको यकीन विवरण आउन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ