arrow

कास्कीमा सवारी दुर्घटना हुँदा एककाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
accident-final.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ लक्ष्मी देउरालीका ४२ वर्षीय पुष्पराज पौडेल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति अन्नपूर्ण गाउँपालिका वडा नं. ३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना.३५प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

मृत्यु हुने पौडेल मोटरसाइकल चालक भएको प्रहरीले जनाएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ