arrow

इरानका लागि जासुसी गरेको अभियोगमा पन्ध्र जनाविरुद्ध साउदी अदालतद्धारा मृत्युदण्डको सजाय

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
saudi-arabia.jpeg
रियाद । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो । 
 
त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ । 
 
पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए । 
 
अदालतले उक्त समूहलाई राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रुपमा प्रवाह गर्ने गरेको अभियोग लगाउँदै सजाय सुनाएको हो । 
 
अदालतद्वारा दोषी ठम्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ । 
 
साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ । 
 
साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ