arrow

कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भ गर्दै गगन थापाले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
gagan-thapa-o4-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए । उनले कांग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए । उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । उनले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए । 

उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली कांग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ । अझ उज्यालो बनाउनु पर्छ । नेपाली कांग्रेसको साथीहरू विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरू हुनुहुन्छ । नेपाली कांग्रेसको साथीहरूले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सूचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन । हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा श्रोत केन्द्र पनि चाहिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ