arrow

प्रधानमन्त्री ओलीले तथ्याङ्क बङ्ग्याएको वर्षमान पुनको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
baraman-pun-maoist-parliament.jpg

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्याङ्क तोडमोड गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन्।

ओलीले प्रस्ताव राख्ने क्रममा आफूले सत्ता सम्हाल्दा मुलुकमा २०४६ सालपछि बढी निराशाजनक अवस्था भएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेको थिए।

पुनले ‌ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २६ प्रतिशत रहेको सार्वजनिक ऋण ४०.७ प्रतिशत पुर्‍याएको भन्दै त्यसपछिका ३–४ वर्षमा ४१ प्रतिशत मात्रै पुगेको भन्दै ऋण कसले बढायो भन्दै प्रश्न गरे।

उनले शोधनान्तर स्थिति अहिलेसम्मकै राम्रो भएको, ओलीको पालामा ५७ प्रतिशत रहेको ६० प्रतिशत नाघेको भन्दै निराशा कहाँ छ भन्दै प्रश्न गरे।

उनले ओली प्रधानमन्त्री हुँदा ओलीले भ्युटावर, सभा हल र अनावश्यक भवनहरू बनाइएको भन्दै त्यो सभा हलमा कति वटा बैठक बसे भन्दै प्रश्न समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ