arrow

भारतीय दूतावासमा आषाढ पूर्णिमा उत्सव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
budham-saranam-gachha.jpg

काठमाडौँ । आषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्‍यो । यस उत्सवमा नेपालका विभिन्न बौद्ध  सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।  

भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै आषाढ पूर्णिमा हो । 

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ । 

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो । 

नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएका शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए । नियोग उप–प्रमुखले शताब्दीयौँदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ