arrow

गुरु पूर्णिमामा मानव धर्मको दुई दिवसीय कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
gurupurnima-manav-dharma-2081.jpg

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । समितिको केन्द्रीय कार्यालय गौशालामा भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव जीवनमा गुरुको महत्वको बारेका चर्चा गरेकी थिइन्। उनले भौतिक जीवन सफल बनाउन अनेक गुरुहरूको आवश्यकता परेजस्तै आध्यात्मिक जीवनकालागि पनि गुरुको आवश्यकता पर्ने बताइन् । गुरुको सेवा गर्नु भनेको भगवानलाई पाउन सरह भएको चर्चा गर्दै उनले सबैलाई अध्यात्ममा लाग्न प्रेरणा दिइन् । 

कार्यक्रमका प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले अहिलेको युवा पुस्ता सकारात्मक कुरालाई छाड्दै नकारात्मकतातिर अघि बढिरहेकोमा दुख व्यक्त गरे । उनले भने, ‘कलेज जान हिँडेका युवाहरु अहिले दुर्व्यसनीमा फसिरहेका छन् । उनीहरूलाई सही बाटोमा ल्याउने एउटै मात्र उपाय अध्यात्म हो ।’ त्यसैले सानै उमेर देखि नै अध्यात्म जागरण जगाउनु पर्ने र यसका लागि परिवारले नै बालबालिकाबाट आश्रममा ल्याउनुपर्ने उनको सुझाव छ ।
 
कार्यक्रममा मानव धर्म समितिकी वरिष्ठ प्रमुख महात्मा लता वाइजी, त्रिगुणा वाइजी र जगदम्बा वाइजीले गुरुको महत्वको बारेमा प्रकाश परेका थिए । 

यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ९ का सदस्य टेकराज अधिकारीले अहिलेको अवस्थामा आध्यात्मिक जागरण अति नै आवश्यक रहेकाले कुनै न कुनै रूपमा अध्यात्ममा लाग्नै पर्नेमा उनको जोड रहेको छ । 

गुरु पूजाकै अवसर पारेर समितिले यो वर्ष एसईई उत्तीर्ण गर्ने १७ जना विद्यार्थीलाई सम्मान गरेको थियो । दुई दिवसीय कार्यक्रममा भक्ति सङ्गीतका कलाकार तथा बाल सभाका साना साना नानी बाबुहरूले गुरुको महत्वको बारेका नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका ylP। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ