arrow

गण्डकीमा ८४ प्रतिशत धान रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
ropai-biratnagar1.jpg

पोखरा । गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करिब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४दशमलव२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीमा ९६ हजार ५३ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म ८० हजार ९ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको निर्देशनालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए ।

गण्डकीमा कास्की र बागलुङमा सबैभन्दा धेरै समान ९५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

त्यस्तै सबैभन्दा कम गोरखामा ५४दशमलव७३ प्रतिशत धान रोपाईं भएको सूचना अधिकारी शर्माले बताए ।

उनका अनुसार तनहुँ र नवलपुरमा समान ९२ प्रतिशत, स्याङ्जामा ८५ प्रतिशत, पर्वतमा ८० प्रतिशत, लमजुङमा ७९ प्रतिशत र म्याग्दीमा ६९दशमलव३६ प्रतिशत धान रोपाई भएको छ ।

गण्डकीका धान हुने ९ जिल्लामध्ये नवलपुरमा १७ हजार २ सय १८ हेक्टर, कास्कीमा १५ हजार ४ सय ९ हेक्टर, स्याङजामा १२ हजार २ सय ३२ हेक्टर, लमजुङमा ९ हजार ३ सय ८१ हेक्टर, तनहुँमा ७ हजार ६० हेक्टर, पर्वतमा ६ हजार २० हेक्टर, गोरखामा ५ हजार ५ सय ५८ हेक्टर, बागलुङमा ५ हजार ४ सय २२ हेक्टर र म्याग्दीमा २ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको निर्देशनालयकी कृषि अधिकृत रन्जना पोखरेलले जानकारी दिईन् ।

गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ