arrow

न्यूरोडमा फुटपाथ विस्तार गरेरै छाड्ने अडानबाट पछि हटे बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
newroad-footpath-birodh-81-.jpg

काठमाडौँ । न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) पछि हटेका छन् । फुटपाथ विस्तार सम्बन्धी अध्ययन गर्ने जिम्मा पूर्वाधार समितिलाई दिने र समितिको प्रतिवेदनको आधारमा मात्रै अघि बढ्ने सहमति भएसँगै फुटपाथ विस्तार गर्ने योजना रोकिएको हो ।

न्यूरोडमा सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्ने बालेनको योजनालाई शुरुमा सडक विभागले अवरोध गरेको थियो । उक्त अवरोधविरुद्ध मुद्दामा गएको महानगरपालिकालाई फुटपाथ विस्तारमा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश गरेपछि महानगरले फेरि पुटपाथ विस्तार थालेको थियो । 

तर स्थानीय व्यापारीको अवरोध तथा वडाध्यक्ष चिनीकाजी महर्जनको विरोधको कारण फुटपाथ विस्तार तत्कालका लागि स्थगित गर्न बालेन सहमत भएका हुन् । सोमबार मेयर साह, उपमेयर सुनिता डंगोल, २२ नम्बर वडाका वडाध्यक्ष महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीचको छलफलमा उक्त सहमति भएको हो । 

महानगरको पूर्वाधार समितिका संयोजक नेतृत्वमा रहेको उक्त समितिलाई मंसिर २ सम्ममा प्रतिवेदन बुझाउन भनिएको छ । समितिले प्रत्येक ४–४ महिनामा महानगर क्षेत्रभित्र गर्ने पूर्वाधार निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था अहिले पनि छ । सोही व्यवस्था अनुसार समितिलाई नै यसबारे अध्ययन गर्न भनिएको हो । 

अध्ययनन गर्न विशेष समिति गठन नभएको र विद्यमान समितिलाई सामान्य रुपमा अध्ययन गर्ने जिम्मेवादी दिनुले न्यूरोडमा फुटपाथ विस्तारको योजनाबाट मेयर साह पछि हटेको जस्तो देखिएको हो ।

महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार/निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ । 

सहमतिअनुसार  समिति बनाउने र  उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो  । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

उनीहरुले वडा २४ मा भएको फुटपाथ विस्तारले पारेको प्रभाव (सकारात्मक अथवा नकारात्मक ) बारे अध्ययन गरी मंसिर २ गते प्रतिवेदन बुझाउने सहमति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ