arrow

रहेनन् फुटबल प्रशिक्षक खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
lal-bahadur-khadka.jpg

कैलाली । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा निधन भएको छ ।

धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोश भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो ।

उनलाई मस्तिष्कघात भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह रोगबाट पीडित थिए ।

धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ