arrow

लुम्बिनी प्रदेश

नागरिक उन्मुक्ति पार्टीले फेर्‍यो दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
lumbini-province-parliament-2080.jpg

दाङ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए । 

उनका ठाउँमा राजकुमार चौधरी चयन भएका छन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए । 

त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । 

लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । 

कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवै पटक मन्त्री थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ