arrow

सौर्य एयरलाइन्स जहाज दुर्घटनाः बस्ती नजिकै भएको दुर्घटनामा घरहरू सुरक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
tia-plane-crash-81-4-9q.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ती नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट बस्तीमा भने क्षति पुगेको छैन । प्रहरीका अनुसार घरहरु सुरक्षित रहेका छन् । 

काठमाडौँबाट पोखरा जाने क्रममा १७ जना सवार जहाज टेक अफ लिने क्रममै आगलागी भएर रनवेबाट छेवैँमा खसेको थियो । 

उक्त जहाजमा आगलागी हुँदा बस्ती सुरक्षित छ । त्यस्तै अन्य जहाजलाईसमेत कुनै क्षति भएको छैन । 

अहिलेसम्म चार जनाको शव निकालिएको छ । अन्यको उद्धार जारी छ । क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको सकुशल उद्धार गरी केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ