arrow

प्रधानमन्त्री, गृहमन्त्री र नागरिक उड्डयन मन्त्री विमान दुर्घटनास्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-airlines-crash-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् । 

बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटनाबारे जानकारी लिएका छन् ।

दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये एक यमनी नागरिक हुन् । 

विमानमा प्राविधिकहरुको टोली रहेको थियो । पोखरा जाने क्रममा विमान दुर्घटनामा परेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ