arrow

पेरिस ओलम्पिक

भारको घानमा पर्‍यो अर्जेन्टिना, दुई घण्टा अवरुद्ध भएपछि गोल अमान्य, मोरक्को विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
paris-olympic-football-arg-.jpg

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ शुरु भएको छ । जसमा पुरुष फुटबल शुरु भएको छ । तर पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोलले २–२ गोलको बराबरी भएको थियो । तर खेल अवरुद्ध भएको दुई घण्टापछि भारले अर्जेन्टिनाको गोललाई मान्यता नदिएपछि विवाद बढेको हो ।

अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस लगत्तै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । 

अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए । तर खेल भने सकिएको थिएन । खेल करिब २ घण्टा अवरुद्ध रह्यो ।

दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । तर बाँकी समयको खेल शुरु हुनुअघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरिदियो । बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २–१ ले विजयी भएको घोषणा गरियो ।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन् । 

अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेस्सीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिदै ‘अविश्वसनीय’ भनेका छन् ।

अब अर्जेन्टिनाले समूह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोहि दिन युक्रेनको सामना गर्दैछ । बुधबारको खेलमा इराकले युक्रेनलाई २–१ ले पराजित गरको छ ।

अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले, समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले पराजित गर्यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ