arrow

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
pahiro-madhyapahadi-lokmarga.jpg

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

सडक  अवरुद्ध भएसँगै  रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा  रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाँै जाने सवारी साधन रोकिएका  रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ