arrow

विमान दुर्घटनाका मृतकको शव परिवारले शुक्रबारसम्म पाउने, सहजीकरणका लागि स्वास्थ्यमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
pradip-poudel-81-4-10.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् । 

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाजञ्ली अर्पण गरेका हुन् । 

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । 

“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको शुक्रबार साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना पाइलटको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ