arrow

स्रोत नखुलेको १२ लाखसहित दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
pakrau9.jpg
फाइल तस्बिर

पाेखरा। स्रोत नखुलेको रु १२ लाख नगद बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेका दुई युवा पक्राउ परेका छन् ।

उनीहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकलमा आइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

व्यास नगरपालिका वडा नं. ३ दुर्गामन्दिर नजिकैको सडकबाट उनीहरूलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं. ५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं. १० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी हुन् ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ