arrow

योजना आयोगको उपाध्यक्षमा अधिकारी, को को थपिए सदस्यहरु ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
shivaraj-adhikari-vp-planni.jpg

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका पाल्पाका अधिकारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए ।

त्यस्तै मन्त्रिपरिषद्ले आयोगका सदस्यहरुमा डा आरपी बिछार (महोत्तरी), डा रमेशप्रसाद सिंह (धनुषा) , डा प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जयबहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ