arrow

मन्त्रिपरिषद्‌मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
arju-rana-03-31.jpg

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले मन्त्रिपरिषद्‌मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएकी छन् । संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उनले आगामी दिनमा मन्त्रिपरिषद्‌मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उनले बताइन् । “विदेश भ्रमणको प्रतिनिधिमण्डलमा महिला अनिवार्य गर्ने निर्णय हालै मन्त्रिपरिषद्बाट भएको छ, मुख्यसचिवमा पनि महिलालाई नै नियुक्त गरेका छौँ, सिड कमिटीमा पेश गर्ने मुद्दाका २१ बुँदे सूची सबैको प्रयासमा पूरा गर्ने तयारीमा छौँ”, मन्त्री राणाले भनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ