arrow

पहिचानसहित जीउने अधिकार सुनिश्चिततामा जोड

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ साउन ११ शुक्रबार
bachne-adhikar-81-4-11.jpg

धुलिखेल । अपाङ्गता लुकाउने विषय नरहेको भन्दै पहिचानसहित जीउने अधिकार सुनिश्चित गर्न सरोकारवालाले जोड दिएका छन् । 

स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र रिमरेकले धुलिखेलमा पत्रकारका लागि गरेको अन्तरक्रियामा रिमरेकका कार्यकारी निर्देशक गोकुल गौतमले  पहिचानसहित जीउने अधिकार सुनिश्चित गर्न समुदायको महत्वपूर्ण हात रहेको भन्दै संविधान प्रदत्त अधिकारलाई कार्यान्वयनका लागिसमेत सबै पक्षको साथ आवश्यक रहेको बताए । 

रिमरेकका पूर्व उपाध्यक्ष एवं वरिष्ठ पत्रकार मधुसुदन गुरागाईंले अभिमुखीकरणले समाचार प्रकाशन र प्रसारण गर्दा ख्याल गर्नुपर्ने विषयमा पत्रकारहरुलाई सजग गराउने बताए ।   

अपाङ्गता भएका ब्यक्तिहरूको हक अधिकार सुनिश्चितताका लागिसमेत आम सञ्चार माध्यमले खेल्नु पर्ने भूमिकाको विषयमा अभिमुखीकरणमार्फत अपडेट हुने बताए । 

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुकाबारे समाचार लेख्दा ख्याल गर्नुपर्ने शब्दावली, संविधान, ऐन र कानूनमा अपाङ्गता भएका ब्यक्तिका लागि गरिएको ब्यवस्था तथा कार्यान्वयनको परिस्थिति लगायतका विषयमा छलफल भएको थियो । 

रिमरेकका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता मुकुन्दहरि दाहालले अभिमुखीकरणको सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरु सहभागी थिए । सीबीएम ग्लोबलको आर्थिक सहयोगमा रिमरेकले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सञ्चालन गरिरहेको परियोजना ब्यवस्थापक राजन गौतमले जानकारी दिए । 

यो परियोजना ५ वर्षसम्म सञ्चालन हुनेछ । अहिले दुवै पालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको विवरण संकलन गर्ने काम चलिरहेको छ । 

परियोजनाले अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य, शिक्षा, आयआर्जन, राज्यको मुलप्रवाहमा पहुँच वृद्धि लगाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ