arrow

सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
pokhara-13-health.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए ।

उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए ।

“नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौँ । सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निःशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो”, उनले भने ।

वडाले उपलब्ध गराएको निःशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्यअन्तर्गत बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष बरालले बताए ।

वडाले भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अघि बढाइरहेको वडा कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ