arrow

सौर्य एयरलाइन्सको मृतकका परिवारलाई प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
saurya-airlines-crash-81-4-9.jpg
तस्बिर – फाइल ।

भैरहवा ।  बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

सौर्य एयरलाइन्स प्रालिले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएकामा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

अध्यक्ष दिपककमार पोखरेलद्वारा हस्तक्षरित विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन् । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्रै भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा पाइलट शाक्यमात्र सुरक्षित रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ