arrow

गन्नी फुटबल क्लब च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
ganny-fc-pokhara.jpg

पोखरा । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

११औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङसिल्डको फाइनलमा लमजुङकै खमारीबोट फुटबल क्लब कुन्छाबजारलाई टाइब्रेकरको सिकार बनाउँदै गन्नीले उपाधि जितेको हो ।

विजेता गन्नीले सय तोला चाँदीको रनिङ सिल्ड, एक लाख ५१ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता खमारीबोटले ८१ हजार नगद, सय तोला बराबरको चाँदीको कप, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । मध्यनेपाल नगरपालिका उपप्रमुख सीता गुरुङले विजेता र उपविजेतालाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरिन् ।

मध्यनेपाल नगरपालिका वडा नं. १ जिताकोटस्थित जितोकोट फ्युचर स्टार युवा क्लबले आयोजना गरेको प्रतियोगितामा लमजुङ, तनहुँ कास्की र चितवनका ३८ टिम सहभागी थिए ।

सेमिफाइनल पुगेका मानचौका फुटबल क्लब भानु–११ तनहूँ र करापुटार फुटबल क्लब रामबजार लमजुङलाई १५÷१५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लब सचिव रामबाबु खवासले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी खमारीका बिक्की चामलिङ राई, उत्कृष्ट गोलकिपर गन्नीका आकाश रानाभाट र सर्वाधिक गोलकर्ताको उपाधि गन्नीका अनुज भण्डारीले प्राप्त गरे ।

यसैगरी उत्कृष्ट टिम करापुटार फुटबल क्लब रामबजार बन्यो । उसले १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ