arrow

थापा कार्यबाहक मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Bindu-K-Thapa.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीकाे जिम्मेवारी विन्दुकुमार थापाले पाएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारत जाने भएपछि थापालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । थापा गण्डकीको मन्त्रिपरिषद्मा दोस्रो बरियतामा छन् ।

घुँडाको उपचारका लागि भारत जान लागेका मुख्यमन्त्री पाण्डे १८ गते स्वदेश फर्किने भएका छन् । उनी शनिबार भारत प्रस्थान गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ