arrow

लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीमा थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
loktantrik-yatatat-gandaki.jpg

पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा महेशबहादुर थापा निर्वाचित भएका छन् ।

संघको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे र सहसचिवमा गणेशबहादुर श्रेष्ठ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा चन्द्रबहादुर क्षत्री, बिनायक बराल, दिनेश बोहोरा, नारायण दानी, राजन जोशी र सन्तोष आचार्य छन् ।

संघका आमन्त्रित केन्द्रीय सदस्य भानुभक्त बराल संयोजक, गोकर्ण कार्की र कृष्णबहादुर अधिकारी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माल यातायात व्यवसायीका लगानीको सुरक्षाका लागि फेरी एकपटक आन्दोलन गर्नुपर्ने बाध्यता आएको र सबै व्यवसायी आन्दोलनका लागि तयार हुनुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ