arrow

सबै प्रदेशमा वर्षा, चारमा भारी, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता पछिल्लो २४ घण्टामा जिरीमा सबैभन्दा बढी वर्षा भएको छ । जिरीमा ७२.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै लुम्लेमा ३४.१, घोराहीमा २९, नेपालगञ्जमा २४.५, विरेन्द्रनगरमा २३, धनगढीमा २१.९ तथा पोखरामा १२.५ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौँमा मात्र ४.४, डडेलधुरामा ४.३, ओखलढुङ्गामा ३.३ तथा दिपायलमा २.१ मिलिमिटर वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ