arrow
ADVERTISEMENT

कथावाचक प्रतिभालाई गृह जिल्ला काभ्रेमा अभिनन्दन

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ साउन १२ शनिबार
devi-prativa-kavre-81-4-12.jpg

पनौती । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ ।

आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती नगरपालिकाले शनिवार पनौतीमा एक कार्यक्रम गरेर सम्मान गरेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए ।

पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको त्रिवेणीधाम, इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेकी थिइन् ।

नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालीन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरे  ।

सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् । उनले भनिन्,”देश विदेशमा पनौतीको महिमाबारे जानकारी गराउॅछु । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनेछ”, उनले भनिन् । 

मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षासमेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् । उनले संस्कृतमा आचार्य तह पूरा गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ