- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । करिब ९ वर्षपछि सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आउँदो कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक जारी रहेको छ । शुक्रबारदेखि बैठक तेस्रो दिन पनि जारी रहेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको स्थिति र नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल चलिरहेको हो ।
पदाधिकारीको बैठकपछि पार्टीको स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठकसमेत तय गरेर आउँदो दिनका कार्यक्रम निर्धारण गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ ।