- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ ।
इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ ।
गत वर्ष अक्टोबरमा इजरायल–गाजा युद्ध शुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।